
ललितपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताउनुभएको छ ।
ललितपुर उद्योग वाणिज्य सङ्घको ४५औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘कोभिड महामारी र रुस–युक्रेन युद्धपछि विश्वका अन्य देशहरुजस्तै नेपालको अर्थतन्त्र पनि के कसो हुने हो भन्ने त्रास सबैमा थियो । त्यति नै बेला यहाँ श्रीलङ्काको जस्तै अवस्था हुने हल्ला फैलाइयो । नेतृत्वमा आएपछि करिब डेढ वर्ष हामीले यसरी काम गर्र्यौं कि अहिले आशा जागेको अवस्था छ । अर्थतन्त्रमा सुधारका सङ्केत देखिएका छन् ।’
महासङ्घले आममानिसमा देखिएको निराशाको अवस्था चिर्न सरकारसँगको सहकार्य थालनी गरेको, अर्थतन्त्रलाई थप बिग्रन नदिन र कोभिडपछि त्यसअघिकै अवस्थामा पुनःस्थापना गर्न सुधारका कामको शुरुवात गरेर सरकारलाई दबाब दिएकाले अहिले सकारात्मक परिणाम देखिएको अध्यक्ष ढकालको दाबी थियो ।
महासङ्घकै कारण नेपाल सरकारले गरेको पछिल्लो लगानी सम्मेलन पहिलेकोभन्दा फरक रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो– ‘पहिले दाताले प्रतिबद्धता गरेबमोजिमको लगानी आएन । किन आएन भनेर यसपटक हामीले त्यसको कारण खोज्यौँ । कतिपय कानुन बाधक देखिए र तिनको संशोधनका लागि हामीले पहल गर्यौ । सरकारलाई दबाब पनि दियौँ । हाम्रो सहभागितामा एक कार्यदल बन्यो र लगानी सम्मेलनको मुखैमा आठ वटा कानुन संशोधन भए । हामीलाई लाग्छ अब दातालाई प्रतिवद्धताअनुसार लगानी ल्याउन सहज हुनेछ ।’
कानुन संशोधनका क्रममा राजनीतिक पार्टीहरु आर्थिक मुद्दामा एकमत देखिनु सकारात्मक रहेको उहाँले बताउनुभयो । उहाँले देशले वैदेशिक लगानी मात्र नहेरेर देशभित्रै छरिएर रहेको पुँजीलाई एकत्रितगरी ठूला लगानीमा लगाउनसक्ने बताउनुभयो । यस्तै पुँजीलाई बटुलेर राष्ट्रियस्तरको लगानीमा लगाउन सकियोस् भन्ने उद्देश्यले निजी क्षेत्रले सबैको सहभागितामा १० अर्बको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना भइसकेको जानकारी उहाँले दिनुभयो ।
देशमा लगानीको वातावरण निर्माण गर्न र खस्कँदो अवस्थामा रहेको अर्थतन्त्रमा सुधार ल्याउन महासङ्घले धेरै काम गरेको उदाहरण पेश गर्दै अध्यक्ष ढकालले यो समय लगानीका लागि उचित समय भएकाले लगानी गरी लाभ लिन सबैलाई आग्रह गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति