+

स्वास्थ्यमन्त्री थापाद्वारा ह्विलचेयर वितरण

भक्तपुर ।  संविधान दिवसको अवसरमा वागमती प्रदेशसभाका स्वास्थ्यमन्त्री किरण थापाले अपाङ्गता भएका व्यक्तिलाई कृतिम खुट्टा र ह्विलचेयर वितरण गर्नुभएको छ । 

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, मारवाडी सेवा समिति र पशुपति गौशाला धर्मशालाद्वारा संयुक्त रुपमा आयोजित ह्वीलचियर वितरण कार्यक्रममा मन्त्री थापाले निःशुल्क कृत्रिम खुट्टा एवं ह्विलचेयर वितरण गर्नुभएको हो ।

उहाँले नौवटा कृत्रिम खुट्टा र ६ जनालाई ह्विलचेयर वितरण गर्नुभएको हो । कार्यक्रममा मन्त्री थापाले खुट्टा नभएकै कारण धेरै कष्ट भोग्नुपरेकाका लागि संविधान दिवसको अवसर परेर यस्ता सामग्री वितरण गरिएको बताउनुभयो ।

मन्त्री थापाले भन्नुभयो–  ‘सहयोग सानै भए पनि प्रयोग गर्नेका लागि ठूलो र जीवन जिउन सहज हुन्छ । कृत्रिम खुट्टा वितरणले उहाँहरुको जीवन सहज हुने विश्वास लिएको छु, सामाजिक कार्य र स्वास्थ्यको विकासमा वागमती प्रदेश सरकार निरन्तर लागिरहन्छ ।’

मारवाडी सेवा समिति र धर्मशाला लगायत सङ्घ संस्थाको सहयोगमा निःशुल्क शव वाहन सञ्चालन गर्ने र विभिन्न अस्पतालमा प्रति छाक ४० रुपैयाँमा खाना खुवाउने तयारी भइरहेको उहाँले बताउनुभयो । 

अस्पतालमा बिरामीलाई शुद्ध पिउने पानीका लागि प्रदेश अस्पतालमा ४ लाख  रुपैयँँबराबरको ‘वाटर प्युरिफायर’ राख्ने तयारी भएको मन्त्री थापाले जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै