
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई तिहाइ बहुमतको वर्तमान सरकार ‘टिसर्ट लगाएको मान्छे’संग थरथर काँप्दै हिडेकोमा आश्चार्य व्यक्त गर्नुभएको छ । दुई तिहाइको बर्तमान सरकार टिसर्ट लगाएको मान्छे समाउन वा नारा लगाएको मान्छे खोज्न व्यस्त रहेको भन्दै उहाँले सरकारको धरातल प्रति कटाक्ष गर्नुभएको छ ।
मंगलबार इन्द्रजात्राको अवसरमा बसन्तपुर क्षेत्रमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर युवाहरुलाई सरकारले तीनघण्टा नियन्त्रणमा लिएको थियो ।
सभापति लामिछानेले कांग्रेस र एमाले मिलेर बनेको अहिलेको सरकारमा आत्मविश्वास नदेखिएको पनि बताउनुभएको छ । प्रधानमन्त्री र मन्त्रीहरुको व्यवहारमा आत्मविश्वास नदेखिएन नै नागरिकको अभिब्यति स्वतन्त्रतामा अंकुश लगाउन तल्लिन रहेको आरोप लगाउनुभएको छ ।
‘दुई तिहाइको सरकार भएको बेला जनताको आत्मबल बढ्नुपर्ने हो । प्रधानमन्त्रीमा त्यो आत्मविश्वास आउनुपर्ने थियो । मन्त्रीहरुमा पनि त्यो खालको आत्मविश्वास हुनुपर्ने थियो। ’, उहाँले भभन्नुभयो, ‘मुलुकमा सुशासन कायम गर्नुको सट्टा उपसभामुखलाई हटाउने ध्यानमा केन्द्रित, यो दुई तिहाईको सरकार त्यतातिर छ ।’
उहाँले सरकार बलियो छ भनिए पनि यसको धरातल कमजोर रहेको भन्दै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्ने ठोकुवा गर्नुभयो ।
‘संसदमा अहिले शेरबहादुर देउवा रिसाएको एक सेकेण्डपछि सरकार ढल्यो । अस्थिरता छ । अहिले दुई तिहाइको सरकार सबैभन्दा अस्थिर छ । एउटा पार्टीले अर्को दलको नेतासँग समन्वय नगरी सरकार चलाउन सम्भव छैन’, उहाँले भन्नुभयो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति