
काठमाडौँ । लेबनानको हेजबुल्लाह समुहले सञ्चारका लागि प्रयोग गर्ने उपकरण अभूतपूर्व विस्फोटको दोस्रो घातक लहरले यसलाई अव्यवस्थित बनाएको छ ।
उपकरण विस्फोटको पछिल्लो घटनामा बुधबार २० जनाको ज्यान गएको छ भने चार सय ४० भन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन् ।
हेजबुल्लाहले एकआपसमा सञ्चार गर्न प्रयोग गर्ने हाते पेजर एकै साथ विस्फोट हुँदा लेबनानभरी दुई बालबालिकासहित १२ जनाको मृत्यु र दुई हजार ८०० जना घाइते भएको एकदिन पछि बुधबार दोस्रो लहरको विस्फोट भएको हो ।
बेरुतस्थित हेजबुल्लाहको गढमा यसका सदस्यहरूले प्रयोग गर्ने ’वाकी–टकी’ विस्फोट भएको नजिकको एक स्रोतले जानकारी गराएको छ भने दक्षिण र पूर्वी लेबनानमा पनि यस्तै विस्फोटको घटना भएको राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
एएफपिटिभीको फुटेजमा दक्षिण बेरुतमा हेजबुल्लाह लडाकुहरूको अन्त्येष्टि समारोहमा विस्फोट हुँदा मानिसहरुको भागाभाग भएको देखाइएको छ ।
“वाकी टकी लक्षित विस्फोटको लहरले २० जनाको मृत्यु हुनुका साथै चार सय ५० भन्दा बढी घाइते भएका छन्”, लेबनानको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।
इजरायलले उक्त घटनाबारे कुनै टिप्पणी गरेको छैन ।
हारेट्ज पत्रिकाका अमोस हरेलले पेजर र वाकी–टकी विस्फोटले “इजरायल र हेजबुल्लाहलाई पूर्ण रुपमा युद्धको सँघारमा” पुर्याएको बताउनुभयो ।
मध्यपूर्वमा तनाव बढ्दै जाँदा संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, फ्रान्स र इटालीका वरिष्ठ कूटनीतिज्ञहरू बिहीबार पेरिसमा भेटवार्ता गर्ने स्रोतले जनाएको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले कायरोमा गाजा युद्धविरामको सम्भावनाबारे छलफल गरेपछि फ्रान्सको राजधानीमा आफ्ना समकक्षीसँग वार्तामा सहभागी हुनुहुनेछ ।
लेबनानका विदेशमन्त्री अब्दल्लाह बोउ हबीबले हालको पेजर विस्फोटको घटना “लेबनानको सार्वभौमिकता र सुरक्षामा स्पष्ट आक्रमण“ भएको र यसले“व्यापक युद्धको सङ्केत“ दिने चेतावनी दिनुभएको छ ।
हेजबुल्लाहले इजरायल “यस आपराधिक आक्रमणका लागि पूर्ण रूपमा जिम्मेवार” ठहराउदै बदला लिने वाचा गरेको छ ।
विश्लेषकहरुले पेजर हेजबुल्लाहलाई सुम्पिनुअघि अपरेटिभहरूले सम्भवतः विस्फोटक जडान गरेको हुनसक्ने बताएका छन् ।
विस्फोटको बारेमा लेबनानी अनुसन्धानको प्रारम्भिक निष्कर्षले पेजरमा बुबी–ट्र्याप जडान गरिएको फेला परेको एक सुरक्षा अधिकारीले बताउनुभयो ।
हेजबुल्लाहको नजिकको एक स्रोतले पेजरहरू “भर्खरै आयात गरिएको” र “उपकरण तोडफोड” गरिएको देखिने जानकारी गराएको छ ।
हालैका महिनामा लक्षित आक्रमणमा धेरै सेना गुमाएपछि आफ्नो सञ्चार सुरक्षाको बारेमा पहिले नै चिन्तित रहेको हेजबुल्लाहलाई यस आक्रमणले ठुलो झट्का दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति