
मकवानपुर । संविधान दिवसको अवसरमा गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अंकल्याउने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको छ ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा काठमाडौँ उपत्यकाका १३ र चितवनका दुई गरी १५ जना विद्यार्थीलाई पुरस्कृत र प्रमाणपत्र प्रदान गरिएको हो ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मुख्यमन्त्री बहादुर सिं लामा र पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले संयुक्त रुपमा काठमाडौँ उपत्यका र चितवनका विद्यार्थीलाई उत्कृष्ट अंक ल्याएबापत २० हजार, १५ हजार र १० हजार रुपैयाँसहित पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो ।
बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा विजयी हुने खेलाडीलाई प्रदेश प्रमुख देवकोटा र मुख्यमन्त्री लामाले शिल्ड, कप तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
संविधान दिवस मूल समारोह समितिद्वारा चारदिने कार्यक्रमअन्तर्गत आज र भोलि साँझ विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय एवं सर्वसाधारण नागरिकहरुले आ–आफ्नो घरमा दीपावली गरी मनाउन आह्वान गरिएको आन्तरिक मन्त्रालय तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति