+

भद्रपुरले उठायो ५० करोड राजस्व

झापा । आन्तरिक रावस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४९ करोड ९४ लाख ८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उल्लेखित रकम चालु आवको वार्षिक लक्ष्यको १२ दशमलव ४७ प्रतिशत हो । 

अन्तरिक राजस्व कार्यालयको चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको कर अधिकृत भीमप्रसाद आचार्यले बताउनुभयो । ‘साउन र भदौ महिनामा ५७ करोड ३६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ८७ दशमलव ६१ प्रतिशत राजस्व सङ्कलन भयो । चालु आवको पहिलो दुई महिनामा मन्दीका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन भएन’ उहाँले भन्नुभयो । 

त्यो कार्यालयले आयकरबाट  १५ करोड ७६ लाख १४  हजार, ब्याजबापत दुई करोड ६१ लाख १७ हजार, मूल्य अभिवृद्धि करबापत २० करोड १६ लाख ८७ हजार अन्तःशुल्कबापत  १० करोड ७८ लाख ८ हजार रुपैयाँसङ्कलन गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै