+

आज पनि घट्यो सुनको मूल्य

काठमाडौँ  । केही दिनदेखि ओरालो लागेको सुनको भाउ आज पनि घटेको छ । 

सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ५६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापवाला सुन आज १ लाख ५५ हजार ६ सय रुपैयाँमा झरेको छ । 

आज चाँदीको मूल्य समेत तोलामा १० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि १ हजार ८ सय ८० रुपैयाँ निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट