
काठमाडौँ । निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ । उपनिर्वाचनलाई व्यवस्थित रुपले सञ्चालन गर्न आयोग र अन्तर्गतका कार्यालयले सम्पादन गर्ने कार्यलाई समयबद्ध रुपमा समावेश गरी कार्यतालिका स्वीकृत गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
कार्यतालिकाअनुसार यही असोज ९ गते निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको सूचना प्रकाशित गरी असोज १० देखि १६ सम्म दल दर्ता र २० गते दल दर्ता स्वीकृत हुनेछ ।
यस्तै निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकासलगायतका कार्यक्रम सञ्चालन गर्ने आयोगले जनाएको छ ।
आगामी कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, आगामी मङ्सिर २ देखि निर्वाचन कार्यक्रम सञ्चालन र मङ्सिर १६ गते मतदान हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति