
काठमाडौँ । सरकारले भोलि असोज ३ गतेदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ सालको वैशाख ११ गते नै उद्घाटन गर्नुभएको धरहरा भोलि संविधान दिवसको अवसर पारेर सार्वसाधारणका लागि खुला गर्न लागिएको हो ।
यसअघि उद्घाटन गर्दा धरहराको स्तम्भ निर्माण भइसकेको भए पनि भूमिगत पार्किङ लगायतका संरचना भने बनाउन बाँकी नै थियो । ६ पटकसम्म म्याद थप गरिएको धरहरा भोलि फेरि अस्थायी रूपमै उद्घाटन हुन लागेको हो ।
भोलिदेखि अनलाइन मार्फत बुक गर्ने ५०० वा ६०० जनाले मात्र धरहरा चढ्न पाउने छन् । अहिले परीक्षणका क्रममा भएकाले धरहरा चढ्न शुल्क नलाग्ने उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बताउनुभएको छ । धरहरा सञ्चालनको कार्यविधि बनेपछि पूर्ण रुपमा सञ्चालन गर्ने उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति