
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पुँजीबजार अस्थिर भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को भद्रकालीस्थित कार्यालयमा निरीक्षणका लागि पुग्नुभएका अर्थमन्त्री पौडेलले पुँजीबजारको वर्तमान अवस्थाका बारेमा जानकारी लिनुहुँदै कारोबार रकम र नेप्से परिसूचकमा देखिएको अस्थिरता बारे चाँसो व्यक्त गर्नुभएको हो ।
‘केही समयअघि मात्र नेप्से परिसूचक ३ हजार अंक भन्दा माथि र कारोबार रकम ३० अर्ब रुपैयाँ हाराहारी पुगेकोमा अहिले परिसूचक दुई हजार पाँच सय ७० हाराहारी र कारोबार रकम पाँच÷छ अर्ब रुपैयाँमा खुम्चिएको छ’ अर्थमन्त्री पौडेलले भन्नुभयो– ‘किन यस्तो भइरहेको छ भन्नेबारे शीघ्र र स्पष्ट जवाफ खोजौँ ।’
वर्तनमान सरकार गठन भएपछि राजनीतिक स्थिरताको सन्देशसँगै पुँजीबजारमा पनि सुधार देखिएको भए पनि अहिले फेरि बजार घट्दै जानुको कारणबारे अर्थमन्त्री पौडेलको चाँसो छ । ‘स्थिर र बलियो सरकार छ । बैंक वित्तीय संस्थामा ब्याजदर घटेको छ । तर तीन हजारको बिन्दुसम्म पुगेको बजार टिक्न सकेन’ उहाँले भन्नुभयो– यस्तो किन भइरहेको छ ? भन्ने जवाफ चाहन्छु ।’
अर्थमन्त्री पौडेलले पुँजी बजारलाई दिगो, विस्वसनीय र प्रविधिमैत्री बनाउन सुधारका थप क्रियाकलाप अघि बढाउन पनि निर्देशन दिनुभएको छ । पुँजीबजारमा हुने इन्साइडर ट्रेडिङजस्ता अवाञ्छनीय गतिविधि रोक्नका लागि चनाखो हुन पनि अर्थमन्त्री पौडेलले नेप्सेलाई निर्देशन दिनुभएको हो ।
अर्थमन्त्री पौडेलसँगै राजस्व सचिव दिनेशकुमार घिमिरे, नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बराल, अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य लगायतको टोली नेप्सेको कार्यालयमा निरीक्षण लागि पुगेको हो ।
पुँजीबजारको विद्यमान अवस्थाको जानकारी, नेप्सेले गरिरहेका काम कारबाही तथा सुधारका लागि थाल्नुपर्ने पहलका विषयमा कर्मचारीसँग छलफल पछि राजस्व सचिव घिमिरेले पुँजीबजार सुधारका लागि मन्त्रालय प्रतिवद्ध रहेको बताउनुभयो ।
नेप्सेको आन्तरिक संरचनामा सुधार, दक्ष कर्मचारी व्यवस्थापन लगायतका काममा प्राथमिकता रहने उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय