+

दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी


काठमाडौँँ । बैंकबाट ऋण लिएकाहरुलाई ब्याज नतिर्न उर्दीसहित गणतन्त्रविरुद्ध विभिन्न अभियान संचालन गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रसाईंविरूद्ध काठमाडौँ जिल्ला अदालतले  पक्राउ पुर्जी जारी गरेको हो ।

प्रसाईंलाई विद्युतीय कारोबार ऐन अनुसारको कसुरमा पक्राउ पुर्जी जारी गरिएको  काठमाडौँ जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिनुभएको छ । श्रेस्तेदार शर्माका अनुसार प्रसाईंसँगै जीवन पाण्डे र दुर्गा खनाल लगायतविरूद्ध पुर्जी गरिएको हो । 

प्रसाईंले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुने खालको अभिव्यक्ति दिँदै आका छन् । प्रसाईंलाई त्यही कसुरमा प्रहरीको साइबर ब्यूरोले पक्राउको अनुमति मागेपछि  पुर्जी गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै