
काठमाडौँ । काठमाडौँका मुख्य सडकमा आज ट्राफिक जामले सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । संविधान दिवसको उपलक्ष्यमा भोलि दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’का लागि सडक बन्द गरेर स्टेज बनाउने काम भइरहेकोले त्यसको तीब्र असर राजधानीका अन्य सडकमा परेको छ ।
दरबारमार्ग बन्द गर्दा आसपास क्षेत्रमा घण्टौँसम्म गाडी जाममा परेका छन् । लैनचौर, उत्तर ढोका, गैरीधारा, हात्तीसार, पशुपति, डिल्लीबजार सडक, कान्तिपथ लगायतमा जाम भइरहेको छ । यस्तै त्रिपुरेश्वर, थापाथली, माइतीघर, टुँडिखेल आसपास पनि लामो जाम छ ।
आज बिहानै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना निकालेर ट्राफिक डाइभर्जन गरिएको जनाएको हो । । केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने गाडीलाई जमलतर्फ, जय नेपाल चोकबाट दक्षिणगेटतर्फ आउने गाडीलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने गाडीलाई घण्टाघरतर्फ डाइभर्सन गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।
दरबारमार्गको सडक भोलि दिउँसो २ बजेसम्म बन्द रहने सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति