
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीको विधान संशोधनका लागि कार्यकर्ता तहबाट सुझाव लिने भएको छ ।
पार्टीको आज बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठकबाट सङ्कलन गरेको सुझावका आधारमा मस्यौदा प्रस्ताव बनाएर जिल्ला तहमा पठाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । त्यसैगरी बैठकले राष्ट्रियसभामा सत्ता साझेदार दलका उम्मेदवारलाई जिताउन पार्टीको सबै शक्तिलाई परिचालन गर्नसमेत आह्वान गरेको छ ।
आगामी माघ १४ र १५ गते पार्टीको केन्द्रीय परिषद्को बैठक बस्ने निर्णयसमेत भएको छ । उक्त बैठकमा पार्टीको विधान संशोधनको विषयमा छलफल हुनेछ । त्यसका लागि गएको केन्द्रीय समितिको बैठकबाट सङ्कलन गरेको सुझावका आधारमा मस्यौदा प्रस्ताव बनाएर जिल्ला र कार्यकर्ता तहमा पुग्नेछ । उक्त सुझाव केन्द्रीय परिषद्को बैठकमा प्रस्तुत गरिने प्रवक्ता खतिवडाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी