
बागमती । हेटौँडास्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रले चार करोड २५ लाख माछाका भुरा उत्पादन गरेको छ । एक वर्षमा ती भुरा उत्पादन गरिएको हो ।
मकवानपुर, चितवन, सिन्धुली, नवलपरासी, बारा, पर्सा, रौतहट र सर्लाहीलगायत अन्य जिल्लाका किसानले भुरा खरिद गर्दै आएका छन् । उक्त कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा चार करोड ह्याचलिङ्ग, २० लाख फ्राइभुरा तथा पाँच लाख फिगरलिङ्ग भुरा उत्पादन गरी बिक्री गरिएको छ ।
उत्पादित भुराको बिक्रीबाट ३५ लाख ४५ हजार ५ सय १९ रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी बलराम आचार्यले जानकारी दिनुभयो । यसअघि सो कार्यालयले आव २०७९/८० मा चार करोड ३५ लाखभन्दा बढी भुरा उत्पादन गरी बिक्री गरेको थियो ।
विगतमा ३ करोडदेखि ३ करोड ३४ लाख भुरा उत्पादन तथा बिक्री हुँदै आएकामा पोेखरीको मर्मतसम्भार लगायत व्यवस्थापनमा सुधार गरिएपछि आव २०७९/८० देखि माछा र भुराको उत्पादनमा वृद्धि भएको कार्यालय प्रमुख सरोजकुमार यादवले बताउनुभयो । थप भुरा र माछा उत्पादनका लागि पोखरीको क्षमता विकास, सरसफाइ, मर्मत र निमार्णको कामलाई निरन्तरता दिनुभएको प्रमुख यादवले बताउनुभयो ।
कार्यालयको माछा फार्मबाट विभिन्न सात जातका विकासे माछाको मात्र प्रजनन तथा भुरा बिक्री गर्दै आएकामा हाल दुई जातका स्थानीय तथा लोपोन्मुख शहर तथा गर्दीजातको रङ्गीन कोइकार्प माछा प्रजनन तथा बिक्रीको क्रममा रहेको जनाएको छ ।
न्यानो पानीमा फस्टाउने सरकारी स्तरवाट सिफारिस गरिएका विभिन्न स्वदेशी माछा, रहु, नैनी, माकुर तथा विदेशी माछा कमन कार्प, सिल्भर कार्प, विगहेड कार्प, ग्रप्स कार्प गरी जम्मा सात जातका भुरा उत्पादन गरी विभिन्न जिल्लाका माछा किसानलाई बिक्री गरिएको छ ।
एकीकृत मत्स्यपालन प्रणालीअन्तर्गत बङ्गुरपालन प्रणालीको शुरु गरिएको छ । भौतिक संरचना सुधारका साथै आठवटा जीर्ण अवस्थामा रहेका पोखरी मर्मत गरिएको प्रमुख यादवले वताउनुभयो ।
यसैगरी घट्टेखोलाको पानी सङ्कलन गर्ने चेम्बर मर्मत तथा नाला निर्माण, ह्याचारीमा पानी व्यवस्थापनका लागि पाइप लाइन मर्मत तथा सुदृढीकरण, ह्याचरी रङरोगन तथा सुदृढीकरण लगायत कार्य गरिएको छ ।
मत्स्य सङ्ग्रहालयअन्तर्गत संरक्षित माछाका नमूना तथा ‘लाइभफिस म्युजियम’को स्थापना तथा सञ्चालन प्रक्रिया अगाडि बढाइएको छ ।
त्यो कार्यालयले जलीय विविधता एवं प्रवर्द्धन तथा प्राकृतिक जलाशयमा आश्रित जनसमुदायको जीविकोपार्जनसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन