
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्ष मुनिका २० युवालाई पार्टीको केन्द्रीय कार्यसमितिमा लैजाने निर्णय गरेअनुसार आज २० जनालाई पार्टीको केन्द्रीय सदस्य पदमा छनोट गरेको छ ।
वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा छनोट समिति गठन गरी छनोटको विभिन्न मापदण्डका आधारमा लिइएको अन्तर्वार्तापछि समितिले १० जना पुरुष र १० जना महिलालाई पार्टीको केन्द्रीय सदस्य पदमा छनोट गरेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुरुष १० जनातर्फ दार्चुलाका अशोकसिंह सम्राट, कैलालीका लोकेन्द्र कुँवर, काठमाडौँका विनोद श्रेष्ठ, कास्कीका अरुण गिरी, सिन्धुपाल्चोकका इञ्जिनियर गोपीकृष्ण चौलागाईं, दाङका शिवकुमार चौधरी, सुर्खेतका रविकिरण हमाल, पश्चिम नवलपरासीका नवतीतकुमार मिश्र, काठमाडौँका समीर शर्मा र युके प्रवासका डा डेभिड थापा रहनुभएको छ ।
यसैगरी महिला १० जनातर्फ धादिङकी मा बिना लामा, पर्साकी मा बिना जयसवाल, सिन्धुपाल्चोककी लक्ष्मी (नानी) थापा, सुनसरीकी नजियाँ खातुन मियाँ, ललितपुरकी इञ्जिनियर सजिना कार्की, सल्यानकी मा अनिशा नेपाली, तनहुँकी रेजिना श्रेष्ठ, काभ्रेपलाञ्चोककी इञ्जिनियर दीपा श्रेष्ठ, मिस नेपाल वल्र्ड २०२४, काठमाडौँकी आश्माकुमारी केसी र हुम्लाकी तारा जैसी रहनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति