
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका समर्थकलाई प्रहरीले छाडेको छ । नियन्त्रणमा लिएको करिब साढे ३ घण्टापछि प्रहरीले उनीहरुलाई छाडेको हो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपाखेरीका प्रवक्ता एसएसपी विनोद घिमिरे घिमिरेका अनुसार नियन्त्रण लिएका सबैलाई छाडिएको छ । उहाँका अनुसार शुरुमा १३ जना र पछि १ जना गरी १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी वृत्त जनसेवामा राखिएको थियो ।
मंगलबार इन्द्रजात्राको अवसरमा बसन्तपुर क्षेत्रमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर केही युवाहरु पुगेका थिए ।
त्यसपछि उनीहरुलाई प्रहरीले सुरक्षाको कारण देखाउँदै नियन्त्रणमा लिएको थियो । स्थानीयसँग विवाद भएपछि झडप हुने स्थिति नहोस् भनेर उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको दाबी थियो । दिउँसो साढे १ बजेतिर प्रहरीले नियन्त्रणमा लिएका उनीहरुलाई प्रहरीले ५ बजेतिर छाडेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति