
काठमाडौँ । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा जातीय द्वन्द्वपछि विद्यालय तथा इन्टरनेट सेवा पुनः सुचारु भएको छ ।
जातीय हिंसा तथा प्रदर्शनकारी र प्रहरी बीचको झडपका कारण बन्द भएको एक सातापछि भारतको उत्तरपूर्वी राज्य मणिपुरमा मङ्गलबार देखि विद्यालयहरू पुनः खोलिएको स्थानीय सरकारले जनाएको छ ।
मणिपुरमा सन् २०२३ मे मा शुरु भएको हिन्दू मेइतेई बहुमत र इसाई कुकी समुदायबिच लडाइँका कारण कम्तिमा २ सय जनाको ज्यान लिएको स्रोतले जनाएको छ । त्यहि समय देखि युद्धग्रस्त म्यानमारको सिमानामा रहेको उत्तरपूर्वी राज्यमा समुदाय प्रतिद्वन्द्वी समूहमा विभाजित भएका छन् ।
केही समयको सापेक्षिक शान्ति पछि, पछिल्लो समय फेरि हिंसा बल्झिदा कम्तिमा ११ जनाको मृत्यु भएको थियो । मणिपुरको राजधानी इम्फालमा लडाइँको विरोधमा मेइतेई विद्यार्थीले गरेको प्रदर्शनले हिंसात्मक रुप धारण गर्दा राज्यका केही भागमा कर्फ्यू र इन्टरनेट ब्ल्याकआउट जारी गर्न बाध्य तुल्यायो । हाल हिंसा कम भएसँगै इन्टरनेट सेवा पुनःस्थापित भएको छ भने मङ्गलबारदेखि सबै विद्यालयमा सामान्य कक्षा पुन: शुरु गर्न सरकारी आदेश जारी गरिएको छ ।
मणिपुरका मुख्यमन्त्री बीरेन सिंहले सबैलाई जिम्मेवारीपूर्वक इन्टरनेट प्रयोग गर्न तथा शान्ति र सद्भाव बिगार्ने कुनै सामग्री पोस्ट नगर्न आग्रह गर्नु भएको छ । यसै बीच अधिकारकर्मीहरूले स्थानीय नेताहरूले राजनीतिक लाभका लागि जातीय विभाजन बढाएको आरोप लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति