
हेटौँडा । मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीेले पारिश्रमिक तथा सेवा सुविधा बापत् प्राप्त रकमबाट एकल महिलालाई पक्की घर बनाइदिनुभएको छ ।
मनहरी– ५ वसन्तपुरमा लामो समयदेखि आवासविहीन अवस्थामा रहनुभएकी सोनी राईलाई पक्की घर बनाएर आज हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष कालाखेतीले पारिश्रमिक तथा सेवा सुविधाबापत् प्राप्त रकम कोष स्थापन गरी जम्मा गर्दै आउनुभएको छ ।
त्यो कोषबाट २ लाख १५ हजार खर्चेर राईलाई घर बनाइदिनुभएको उहाँले जानकारी दिनुभएको छ । आठ वर्ष अगाडि श्रीमान् नरबहादुरको काठ काट्न जाँदा लडेर मृत्यु भएपश्चात् उहाँ वसन्तपुरमा सानो छाप्रो बनाएर बस्दै आउनुभएको थियो ।
‘ज्याला मजदूरी गरेर जसोतसो जीवन धान्दै थिएँ । सानो काठको घर बनाएर त्यहीँ बस्दै आएकी थिएँ । पानी चुहिन्थ्यो । हावाहुरीले समस्या पाथ्र्यो । आफन्त र गाउँघरमा बास बस्दै आएकी थिएँ । अध्यक्षज्युको सहयोगले घर बन्यो, उहाँलाई धन्यवाद’ सोनीले भन्नुभयो ।
स्थानीय शान्ता अधिकारी र अन्य गाउँलेहरुले सोनीको अवस्थाबारे गाउँपालिका अध्यक्षलाई जानकारी गराएका हुन्। अध्यक्ष कालाखेतिले निर्वाचनका बेला जनताका बीचमा गरेको प्रतिवद्धता अनुसार आफूले पाउने सेवा सुविधा बापतको खर्च जनताको सेवामा समर्पित गर्दै आएको बताउनुभयो ।
उहाँले आगामी दिनमा पनि समस्यामा परेका जनताको सेवामा त्यो कोषको रकम खर्च गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति