
तनहुँ । कृषि सामग्री कम्पनी लिमिटेड तनहुँमा चालु आर्थिक वर्षमा मलखाद पर्याप्त मौज्दात रहेको छ ।
चालु आवमा मलको मूल्य निर्धारण र मागअनुसार आपूर्ति सहज भएपछि जिल्लामा रासायनिक मल पर्याप्त मौज्दात रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका शाखा प्रबन्धक दिनेश शर्माले अनुसार माग भएबमोजिम मल आपूर्ति हुनुका साथै ठेकेदारले समयमा ढुवानी गरेकाले मलखाद पर्याप्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यस वर्ष रासायनिक मल अभाव छैन । मागअनुसार मल आपूर्ति भइरहेको छ । कृषकले समस्या झेल्नुपरेको छैन ।’ युरिया, डिएपी, पोटास र कृषि चुन पर्याप्तमात्रामा गोदाममा रहेको उहाँले जानकारी दिनुभयो ।
युरिया, डिएपी, पोटास र कृषि चुन गरी कूल तीन सय ६० मेट्रिकटन रासायनिक मल गत साउन र भदौमा बिक्रीवितरण गरिएको शाखा प्रबन्धक शर्माले बताउनुभयो । उहाँका अनुसार युरिया तीन सय २४, डिएपी दुई सय ४८, पोटास १५ र कृषि चुन छ मेट्रिकटन मल गोदाममा मौज्दात छ ।
‘चालु आर्थिक वर्षको साउन र भदौसम्म युरिया दुई सय ७०, डिएपी ३१, पोटास सात र कृषि चुन १५ मेट्रिकटन बिक्री भइसकेको छ’ शर्माले भन्नुभयो । कम्पनीको प्रदेश कार्यालय वीरगञ्जबाट रासायनिक मल आपूर्ति हुँदै आएको उहाँले बताउनुभयो ।
युरिया प्रतिबोरा रु आठ सय ८१ दशमलव ५० पैसा, डिएपी रु दुई हजार तीन सय ३१ दशमलव ५० पैसा, पोटास एक हजार सात सय ३१ दशमलव ५० पैसा र कृषि चुन चार सयका दरले बिक्री हुँदै आएको कम्पनीले जनाएको छ ।
युरिया प्रतिकेजी १७ रुपैयाँ ६३ पैसा, डिएपी प्रतिकेजी ४६ रुपैया ६३ पैसा, पोटास प्रतिकेजी ३४ रुपैया ६३ र कृषि चुन सात रुपैयाँ ६० पैसामा मल बिक्री हुँदै आएको छ । गत वर्ष तनहुँमा करिब ६ करोड रुपैयाँ बराबरको रासायनिक मल खपत भएको थियो ।
पछिल्ला वर्षमा रासायनिक मलको अभाव हुन छोडेको शर्माले बताउनुभयो । मागअनुसारको मल पाएपछि किसानसमेत हर्षित छन् । व्यास नगरपालिका–५ साँगे सेराका कृषक रामलाल कुमालले यस वर्ष मागअनुसारको मल पाएको बताउनुभयो । ‘किसानले चाहेका बेलामा पर्याप्त रासायनिक मल पाउँदा खुशी छौँ । धान रोप्ने समयमा पर्याप्त मल पायौँ । त्यसैले किसानलाई खेतीतर्फ आकर्षित गरेको छ’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति