+

घट्यो सुनको मूल्य

काठमाडौँ  ।  केही दिनदेखि उकालो लागिरहेको सुनको भाउ आज भने घटेको छ । 

सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार छापावाला सुन सोमबार प्रतितोला १ लाख ५७ हजार ३ सयमा कारोबार भएकामा आज  एक लाख ५६ हजार ७ सय रुपैयाँमा ओर्लिएको छ । 

आज चाँदीको मूल्य समेत तोलामा  १० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ हजार ९सय १५ मा खरिदबिक्री भएको चाँदी आजका लागि भने एक हजार ९ सय पाँच रुपैया निर्धारण भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट