
काठमाडौँ । अफगानिस्तामा ८ हजार भन्दा बढी शिक्षक र कर्मचारी भर्ना गरिने भएको छ ।
अफगानिस्तानको तालिवान सरकारले देशभर ८ हजार १६५ शिक्षक र प्रशासनिक कर्मचारी भर्ना गर्ने घोषणा गरेको अफगानिस्तानको सरकारी रेडियो तथा टेलिभिजनले सोमबार जनाएका छन् ।
मन्त्रालयका उपप्रमुख मावलवी अब्दुल खालिक सादिकले परीक्षार्थीको परीक्षा प्रक्रियामा पारदर्शिता सुनिश्चित गरिने र परीक्षामा उत्तीर्ण हुने जो कोहीलाई पनि बिना पूर्वाग्रह काममा लगाइने बताउनुभयो ।
अफगानिस्तानका सरकारी तथा निजी विद्यालयमा हाल एक करोडभन्दा बढी बालबालिका अध्ययनरत रहेको मन्त्रालयले जनाएको छ । प्रतिवेदनमा बालिकाले कक्षा सात भन्दा माथिको शिक्षालाई निरन्तरता दिन सक्छन् कि सक्दैनन् भन्ने उल्लेख गरिएको छैन ।
अफगानिस्तानको कामचलाउ सरकार गठनको केही समयपछि जारी गरेको प्रतिबन्धात्मक प्रावधान अनुसार ‘अर्को सूचना जारी नभएसम्म’का लागि छात्रा कक्षा सातभन्दा माथिका कक्षामा उपस्थित भई पठनपाठन गर्न पाउँदैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति