
काठमाडौँ । वन तथा वातावरण राज्यमन्त्री रुपा विकले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सरकार र निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
आज विश्व बैंक र एसियाली प्रकोप पूर्वतयारी केन्द्र (एडिपिसि) ले “आइकेयर इनोभेसन फन्ड”सम्बन्धी एक दिने कार्यशाला आयोजना गरेको थियो । कार्यशालामा जलवायु परिवर्तन रोकथामका लागि डिजीटल प्रविधिको सदुपयोग गर्नेबारे र नविन शैली कसरी अपनाउने भन्नेबारे छलफल भएको थियो ।
कार्यशालामा बोल्दै राज्यमन्त्री विकले जलवायु परिर्वतनको नकारात्मक असर सबैभन्दा बढी सीमान्तकृत समुदायमा देखा परेको बताउनुभयो । उहाँले महिला, बालबालिका, वृद्धवृद्धा, आदिवासी समुदायलाई जलवायुको प्रभावबाट जोगाउन स्थानीय सरकार बढी जवाफदेही हुनुपर्ने धारणा राख्नुभयो । ‘स्थानीय सरकार बढी चनाखो हुनुपर्छ’ उहाँले भन्नुभयो– ‘वन मन्त्रालयले सबै तहसँग साझेदारी गरेर जलवायु परिवर्तनमा काम गर्न तयार छ ।’
जलवायु विज्ञ डा विमलराज रेग्मीले नेपाल जलवायु परिवर्तनको जोखिमयुक्त देश भएको बताउँदै निजी क्षेत्रसँगै सरकारसमेतले संवेदनशील भएर काम गर्नुपर्ने बताउनुभयो । सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले प्रविधिको प्रयोग गरेर विपद्का असरलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत प्राडा इन्द्रजीत पल, शिसोन महर्जन, ई सुरज गौतम लगायतले परियोजना कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति