
नुवाकोट । नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले निःशुल्क रक्त सेवा सञ्चालनका लागि शुरु गरेको आर्थिक सहयोग अभियानमा ५२ लाख रुपैयाँ सङ्कलन गरेको छ ।
रेडक्रस जिल्ला शाखाका सभापति हरि श्रेष्ठको अनुसार १ करोड पुर्याउने अभियान अन्तर्गत २०८० भदौ १९ को घोषणा पश्चात एक वर्षमा ५२ लाख ४७ हजार रुपैयाँ कोषमा जम्मा भएको हो ।
‘नुवाकोट रेडक्रसमार्फत सञ्चालित रक्त सञ्चार सेवा केन्द्रको दिगो सञ्चालन र प्रभावकारी व्यवस्थापनसहित निःशुल्क रगत उपलब्ध गराउन स्थापना गरिएको एक करोडको कोष स्थापनामा दाताबाट सहयोग प्राप्त हुने क्रम जारी छ’ उहाँले भन्नुभयो– ‘सहयोग उपलब्ध गराउने भनेर प्राप्त प्रतिबद्धता र जारी अभियानका गतिविधिमार्फत कोषको लक्ष्यअनुसार अपुग रकम अबको एक वर्षभित्र पूरा गर्न सक्छौँ भन्ने विश्वास छ ।’
रेडक्रसले सङ्कलन गरेको सहयोग रकममा नुवाकोट र रसुवाको स्थानीयmतह र आफ्ना सदस्यहरु मुख्य स्रोतको रुपमा रहेका छन् । योसँगै विभिन्न स्थानमा आयोजित रक्तदान, धार्मिक तथा सांस्कृतिक गतिविधि, चाडपर्व, मेला–महोत्सवमा सहयोग जुटाइने गरिएको रेडक्रस कार्यालयका प्रमुख समुन्द्रबाबु अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अुनसार दातामार्फत निःशुल्क सङ्कलन गरिएको रगत निःशुल्क नै उपलब्ध गराउनुपर्ने भए पनि रगत व्यवस्थापनको लागि आवश्यक सामग्रीको शुल्क समावेश गर्दा प्रतियुनिट न्यूनतम एक हजार हाराहारी पर्दछ । ब्लड ब्याग, ब्लड ट्रान्सफ्युजन सेट, सुरक्षित भण्डारणका लागि रसायनको प्रयोग, क्रसम्याच लगायतमा हुने खर्चको लागि शुल्क लाग्ने गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति