+

आज पनि घट्यो नेप्से

काठमाडौँ ।  यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक कमी आएको छ । आइतबार ५० अंकले घटेको परिसूचक आज फेरि ५७ दशमलव ०३ अंकले ओरालो लागेको हो । 

नेप्से परिसूचक २ दशमलव १६ प्रतिशतले कमी पछि आज २ हजार ५ सय ८० दशमलव ७६ को बिन्दुमा झरेको छ । परिसूचक करिब २ महिनापछि २ हजार ५ सयको बिन्दुमा ओर्लिएको हो । 

आज विभिन्न तीन सय १२ कम्पनीका एक करोड ७० लाख ६१ हजार आठ सय सात कित्ता शेयर, ९२ हजार आठ सय १५ पटक खरिदबिक्री हुँदा ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ । 

 आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै वित्त समूह पाँच दशमलव ६६ प्रतिशतले घटेको छ । बैंकिङ एक दशमलव ५९, विकास बैंक दुई दशमलव ७२, होटल तथा पर्यटन दुई दशमलव ४८, जलविद्युत् दुई दशमलव २८, लगानी दुई दशमलव ५३ र जीवन बीमा एक दशमलव ९१ प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन एक दशमलव ७१, लघुवित्त दुई दशमलव ४३, म्युचुअल फन्ड एक दशमलव १७, निर्जीवन बीमा एक दशमलव ९१, व्यापार दुई दशमलव ७६ र अन्य समूह दुई दशमलव ३३ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै घट्नेमा गुडविल फाइनान्स लिमिटेडको शेयर मूल्य ९ दशमलव ९१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको रु ३१ करोड ११ लाख ४९ हजार सात सय ३६ बराबरको कारोबार भएको छ ।  कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी सनराइज बैंक प्रमोटर शेयर पाँच लाख ७७ हजार ३ सय ८९ कित्ता खरिदबिक्री भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै