
बागमती । श्रम तथा रोजगार कार्यालय हेटौँडाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीस्थित विभिन्न होटलबाट आज सात बालश्रमिकको उद्धार गरेको छ ।
अनुगमननका क्रममा होटलमा बालश्रमिक राखेको पाइएपछि उनीहरुको उद्धार गरी बालश्रमिक राख्ने होटल सञ्चालकमाथि कारबाही प्रक्रिया अघि बढाइएको श्रम तथा रोजगार कार्यालय हेटौँडाका प्रमुख छन्दनारायण श्रेष्ठले जानकारी दिनुभएको छ ।
होटल सञ्चालकले बालबालिकालाई होटलमा विभिन्न काममा लगाउने गरेको पाइएको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०८०/८१ मा ३५ बालश्रमिकको उद्धार गरी उनीहरुलाई बालश्रमिकको रुपमा काममा लगाउने ३५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई कारबाही गरिएको हो ।
आर्थिक वर्ष २०८०/८१ मा ९५ उद्योग प्रतिष्ठानको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमिकको रुपमा काममा लगाउने ३५ प्रतिष्ठान तथा रोजगारदातालाई कारबाही गरिएको थियो । प्रमुख श्रेष्ठका अनुुसार ती प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरी ३ लाख ९१ हजार रुपैयाँ क्षतिपूर्ति तिराइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति