
तनहुँ । मादी नदीले बगाएका एक बालक एक साता हुँदा पनि अझ फेला परेका छैनन् ।
प्रहरीले दिएको जानकारी अनुसार व्यास नगरपालिका–३ देउराली नगर निवासी १५ वर्षीय रोनाल्ड थापा गत सोमबारदेखि बेपत्ता भएका हुन् । उनी व्यास नगरपालिका–४ स्थित कन्काई बोडिङ स्कूलमा कक्षा १० मा अध्यनरत रहेको प्रहरीले जनाएको छ ।
घरबाट विद्यालय जान्छु भनि हिँडेका उनी विद्यालय नगई साथीभाइसँग नदीमा नुहाउन गएका थिए । बालक साँझ अबेरसम्म घर नफर्किएपछि मात्रै परिवारले छोरा हराएको जानकारी पाएका थिए ।
सोमबार दिउँसो १ बजेको समयमा मादीनदीले एक बालक बगाएको भनि प्रहरीमा सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । घट्ना भएको दिनदेखि प्रहरीले आफ्नो क्षेत्रबाट खोजीलाई तीव्रता दिँदै आए पनि फेला पार्न उहाँले बताउनुभयो ।
ती बालकसँगै नदीमा नुहाउन गएका अन्य दुई बालकलाई प्रहरीले सोधपुछका नियन्त्रणमा लिएर छाडिसकेको छ । बालकका बुबा श्रीरामले भने छोराको नियोजित हत्या भएको बताउनुभयो ।
वृद्व पाँच दिनदेखि बेखबर
त्यसैगरी तनहुँको सदरमुकाम दमौली निवासी गोपाल लौडारी पाँच दिनदेखि बेखबर छन् । सम्पर्कविहीन हुँदा परिवारजन चिन्तित भएका छन् । व्यास–२ ट्राफिक चोक नजिक निवासी ७४ बर्षीय लौडारी बुधबार बिहान ७ बजेको समयमा मर्निङवाकमा निस्किनु भएको थियो । त्यसपछि घर नफर्किनु भएको परिवारले जनाएका छन् ।
आफन्त, इष्टमित्र नातागोतालगायतका स्थानमा खोजी गरेपनि भेटाउन नसकेपछि परिवारजन निराश भएका छन् । खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालयमा जानकारी गराइए पनि कुनै पत्ता लाग्न नसकेको स्थानीय भरत पोख्रेलले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति