+

सुनको मूल्यमा फेरि कीर्तिमान

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यमा फेरि कीर्तिमान भएको छ । 

सुनको मूल्य सोमबार तोलामा ५ सय रुपैयाँले बढेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका  अनुसार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ  । आइतबार प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ ।  आइतबार प्रतितोला १ हजार ९ सयमा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ९ सय १५ रुपैयाँ निर्धारण भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट