
नुवाकोट । मध्यपहाडी लोकमार्गअन्तर्गत नुवाकोटको डेउडी-भर्याङभुरुङ खण्डमा गए रातिको अबिरल वर्षाले क्षति पुर्याउँदा आवतजावत प्रभावित भएको छ ।
विदुर नगरपालिका–१३ सुन्दरेफाँट र हुलाकघर स्थित दहीचिउरे खोलामा आएको बाढीले नुवाकोटको सामरीबाट धादिङहुँदै गोरखा जाने सडक अबरुद्ध भएको हो ।
बाढीले क्षति पुर्याउँदा करिब चार किलोमिटर सडकमा आवतजावत गर्न सक्ने अवस्था छैन भने सुन्दरेफाँट र हुलाकघरको सडक आसपासमा बासोबास गर्ने ५५ घरधुरी परिवारको आवासमा क्षति पुगेको विदुर-१३ का अध्यक्ष भरतबहादुर तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार सडक निर्माणको जिम्मेवारी लिएको निर्माण व्यावसायी पछिल्लो एक वर्षदेखि कार्यक्षेत्रमा फर्किएको छैन । साथै राष्ट्रिय गौरवको आयोजनाको कार्यक्षेत्रभित्र पर्ने भएकाले अर्को निकायले काम गर्न नपाउँदा अबरुद्ध सडक सञ्चालनमा समस्या भएको छ ।
मध्यपहाडी लोकमार्गअन्तर्गत नुवाकोटको विदुर-१३ डेउडीबाट सामरीभञ्याङहुदै धादिङको कटुञ्जेसम्म १३ दशमलव पाँच किलोमिटर सडक कालोपत्रसहित लुम्बिनीरमृतसञ्जिवन जेबीले विंस २०७५ असारमा जिम्मेवारी पाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति