+

सुनको मूल्यमा कीर्तिमान

काठमाडौँ ।  बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला  एक लाख ५६ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने  एक लाख ५६ हजार आठ सय रुपैयाँ  निर्धारण भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

चाँदीको मूल्य तोलामा ४० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला  एक हजार आठ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट