
काठमाडौँ । सरकारले दलित समुदायका लागि रोजगारी सृजना गर्न कार्यविधि तयार पार्दैछ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटमार्फत दलित समुदायका लागि रोजगारी सृजना र जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न रकम विनियोजन भएको जनाउँदै त्यसको कार्यान्वयन गर्न कार्यविधि तथा निर्देशिका तयार हुने क्रममा रहेको बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सांसद भुबनबहादुर सुनारले चालु आव २०८१ र ८२ को बजेट वक्तव्यमा दलित समुदायको रैथाने सीप, ज्ञान, पेसाको आधुनिकीकरण गर्न, रोजगारी सृजना गरी जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्नका लागि २० करोड रुपैयाँ विनियोजन भएकामा त्यसलाई कार्यान्वयन कुन निकायबाट कसरी भइरहेको छ ? भनी अर्थमन्त्री पौडेललाई प्रश्न सोध्नुभएको हो।
जवाफमा अर्थमन्त्री पौडेलले दलितको हकका सम्बन्धमा संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयन गर्न सरकारले वार्षिक बजेटमार्फत रकम विनियोजन गर्नुका साथै कार्यविधि बनाएर कार्यान्वयनको चरणमा गइसकेको जानकारी दिनुभयो ।
‘संविधान प्रदत्त अधिकारको प्रत्याभूति गर्न दलित समुदायको सशक्तिकरण कार्य गर्ने संरचनालाई एकीकृत गरी दलित, उपेक्षित, उत्पीडित वर्ग उत्थान तथा विकास प्राधिकरणको संस्थागत व्यवस्था गर्ने सरकारको योजना छ’ अर्थमन्त्री पौडेलले भन्नुभयो– ‘दलित समुदायको रैथाने सीप, ज्ञान, पेशाको आधुनिकीकरण गरी रोजगारी सृजना गरी जीविकोपार्जनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न चालु आवमा २० करोड रुपैयाा विनियोजन भएको छ । त्यसको कार्यान्वयन गर्न गृह मन्त्रालय र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट कार्यविधि तथा मापदण्ड बनाउने सम्बन्धमा समन्वयात्मक कार्य भइरहेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन