
मोरङ । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार भ्रष्टाचारविरुद्धको अभियानलाई रोक्नका लागि बनेको आरोप लगाउनुभएको छ । यो सरकारले भ्रष्टहरुलाई संरक्षण गर्दैगए सदन र सडकबाट खबरदारी गर्ने समेत चेतांवनी दिनुभएको छ ।
उहाँले ‘सुशासनको सुई बालकोट र बुढानीलकण्ठतिर सोझिँदा’ आफ्नो सरकार ढालिएको आरोप समेत लगाउनुभएको छ ।
मोरङको ग्रामथान गाउँपालिकास्थित नेता चोकमा आयोजना गरिएको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता प्रचण्डले आफ्नो नेतृत्वमा भएको सरकारले सुशासनको पक्षमा, भ्रष्टाचारविरूद्ध, सामाजिक न्यायको क्षेत्रमा र आर्थिक समस्या समाधान गर्ने सकारात्मक प्रयत्न गरेको बताउनुभयो।
बिनाकारण आफू नेतृत्वको सरकार ढालेपछि अभियोगको भारी नबोकी विजयी भावमा बाहिरिएको तर दुई तिहाई शक्तिसहित पराजित मानसिकता र डर बोकेर ठुला दलहरु सरकारमा गएको उहाँले बताउनुभयो। अध्यक्ष प्रचण्डले सदन र बाह्य खबरदारीलाई दुई तिहाइको बलमा बेवास्ता गरेमा सडकमा ओर्लनका लागि जनतालाई अपिल गर्ने भन्दै सबैबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो।
पर्यटन व्यवसायीको निर्वाचनमा नेपाली कांग्रेस र एमालेको गठबन्धनलाई माओवादी एक्लैले चुनाव जितेर इतिहास रचेको भन्दै प्रचण्डले ग्रामथान गाउँपालिकाको हुन लागेको उप निर्वाचनमा पनि काँग्रेस–एमाले मिले पनि माओवादीले जित्नु पर्ने बताउनुभयो।
पछिल्लो समय जनताको अपार समर्थन बढ्दै गएको भन्दै ८४ को निर्वाचनमा माओवादीलाई ६४ सालको अवस्थामा पुर्याउने दाबी गर्नुभयो।
मुलुकमा लोडसेडिङ अन्त्य गर्ने कर्मचारी कुलमान घिसिङलाई हटाउन खोजेर वर्तमान सरकारले सुशासनका विरुद्धमा काम गरिरहेको भन्दै त्यस्तो गरेमा सरकारले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी पनि दिनुभयो।
कार्यक्रममा पूर्वमन्त्री तथा सांसद अमनलाल मोदीले वर्तमान सरकार भ्रष्टाचार काण्डबाट बच्नकै लागि बनेको भन्दै जनस्तरबाट त्यसको प्रतिकार गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपाली काँग्रेसका नेता नमोनारायण चौधरीको नेतृत्वमा सयौंलाई माओवादी पार्टीमा स्वागत गर्नुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति