
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका वरिष्ठ महिला चिकित्सकलाई सम्मान गर्नुभएको छ ।
नेपाल चिकित्सक सङ्घद्वारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपतिले महिला चिकित्सकलाई सम्मान गर्नुभएको हो ।
सम्मानित हुनेमा वुमेन इन मेडिसिन इन नेपाल अवार्डअन्न्तर्गत डा रीता गुरूङ, डा शान्तकुमारी सापकोटा, डा हीरा तुलाधर, डा गीता सायमी र डा कल्पना सुवेदी उपाध्याय हुनुहुन्छ ।
वुमेन इन मेडिसिन इन नेपाल लाइफटाइम एचिभमेन्ट अवार्डअन्तर्गत डा सुनिता आचार्य, डा सुधा खकुरेल, डा विमला लाखे, डा मालती त्रिपाठी र डा अम्बिका श्रेष्ठ हुनुहुन्छ । उहाँहरूलाई राष्ट्रपतिले दोसल्ला एवं सम्मानपत्रसहित सम्मान गर्नुभएको थियो ।
सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीको सभापतित्वमा कार्यक्रम भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति