
काठमाडौँ । चीनले युक्रेन र गाजा क्षेत्रमा भइरहेको युद्ध अन्त्यका लागि ‘वार्ता’ गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
चीनका रक्षामन्त्री डोङ जुनले शुक्रबार बेइजिङमा आयोजित सैन्य अधिकारीहरूको विश्वव्यापी भेलालाई सम्बोधन गर्दै गाजा र युक्रेनमा जारी युद्धजस्ता द्वन्द्वको समाधान ‘वार्ता’ नै एकमात्र समाधान भएको बताउनुभएको छ ।
सियाङशान फोरमका लागि बेइजिङमा रूस, म्यान्मा, पाकिस्तान, सिङ्गापुर, इरान र जर्मनीका उच्च सैन्य प्रतिनिधिसहित ५ सय भन्दा बढी प्रतिनिधि सहभागी छन् ।
मध्यपूर्वमा दूत पठाउने, उत्तरी म्यान्मामा अस्थायी युद्धविरामको मध्यस्थता गर्ने र गत वर्ष साउदी अरब र इरानबीच ऐतिहासिक मेलमिलाप गराउनेलगायत विश्वव्यापी द्वन्द्वमा मध्यस्थकर्ताका रुपमा बेइजिङले आफूलाई प्रस्तुत गरिरहेको बेला तीन दिने फोरम हुन लागेको हो । युक्रेन र इजरायल–प्यालेस्टाइनका विषयमा चीनले आफूलाई अमेरिकाभन्दा बढी तटस्थ रूपमा प्रस्तुत गरेको छ ।
‘युक्रेनको सङ्कट र इजरायल–प्यालेस्टाइन द्वन्द्वजस्ता महत्वपूर्ण मुद्दा समाधान गर्न शान्ति र वार्तालाई बढावा दिनु नै एक मात्र उपाय हो’ डोङले उद्घाटन समारोहमा भन्नुभयो ।
‘युद्ध र द्वन्द्वमा कोही पनि विजेता हुँदैन, र मुठभेडले कहीँ पनि पुगिँदैन’ डोङले भन्नुभयो । उहाँले भन्नुभयो– ‘द्वन्द्व जति चर्कियो, त्यति नै हामीले वार्ता र परामर्श त्याग्न सक्दैनौं । कुनै पनि द्वन्द्वको अन्त्य मेलमिलाप नै हो ।’ उहाँले अगाडि भन्नुभयो– ‘सबै देशलाई शान्तिपूर्ण विकास र समावेशी शासनलाई बढावा दिन आह्वान गर्दछु ।’
फोरममा अमेरिका–चीन सम्बन्ध, युरोप र एशियाको सुरक्षा र बहुध्रुवीय विश्वमा प्रतिरक्षाका चुनौतीबारे छलफल हुनेछ ।
‘राष्ट्रिय सुरक्षा अवधारणाहरूको प्रसारविरुद्ध नयाँ प्रविधिले सम्पूर्ण मानवजातिलाई अझ राम्रो फाइदा पुर्याउन सक्छ’ भन्ने सुनिश्चित गर्न डोङले आग्रह गर्नुभयो । ‘उच्च विश्वव्यापी सुरक्षा जोखिम र बढ्दो अस्थिरता र अनिश्चितताको समयमा, सबै देशको रक्षा र सुरक्षा क्षमता निर्माण गर्ने जिम्मेवारी ठूलो छ’ उहाँले भन्नुभयो ।
उहाँले थप्नुभयो– ‘बेइजिङ रणनीतिक गठबन्धनलाई मजबुत बनाउन, रक्षा परामर्शलाई गहन बनाउन, रक्षा सहयोगसम्बन्धी द्विपक्षीय र बहुपक्षीय सम्झौतामा हस्ताक्षर गर्न सबै पक्षसँग काम गर्न इच्छुक छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति