
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शुक्रबार ४९ युक्रेनी युद्धबन्दी रुसबाट फिर्ता गरिएको घोषणा गर्नुभएको छ ।
युद्धबन्दीको समूहलाई बेलारुससँगको सीमामा स्वागत गरिएको थियो । सामान्यतया हुने गरेजस्तै यो रुससँगको आदानप्रदान थियो वा थिएन भन्नेबारे जेलेन्स्कीले स्पष्ट पार्नुभएन तर एएफपीका पत्रकारले पहिले रुसी युद्धबन्दीलाई सीमा नजिकैको बसमा राख्दै गरेको देखेका थिए । रुसको कुर्स्क क्षेत्रमा किएभको आश्चर्यजनक आक्रमणपछि युद्धरत दुवै मुलुकबीच यो दोस्रो आदानप्रदान हुनेछ ।
जेलेन्स्कीका अनुसार ‘आफ्नो बिरामी बुबाको हेरचाहका लागि आउँदा बन्धक बनाइएकी किशोरी’ लगायतका सर्वसधारणहरू फर्किएका थिए । उहाँले यो आदानप्रदानमा मारियुपोलको सन् २०२२ अजोभास्टल युद्धका लडाकूहरूका साथै सैनिक, सीमा रक्षक र प्रहरी अधिकारी पनि समावेश रहेको बताउनुभयो ।
एएफपीले युक्रेनी झन्डामा बेरिएका र फूल ग्रहण गरिरहेका दुई महिलाले उनीहरू सन् २०२२ मा घेराबन्दीपछि रुसको कब्जामा परेको अजोभास्टल संयन्त्रमा रहेको बताए ।
‘अन्ततः म घरमा छु, मलाई विश्वास भइरहेको छैन’ युक्रेनको नेसनल गार्डको सशस्त्र वाहनका कमान्डर २८ वर्षीया तमारा मिरोशनिकोभाले भन्नुभयो । अजोभास्टलका लागि लडेकी अर्की २९ वर्षीया महिला टेटियाना बुगायले उहाँ अजोभ ब्रिगेडमा चिकित्सक रहेको बताउनुभयो ।
यसअघि एएफपीले युक्रेनी सेनाले एउटा बसमा रुसी युद्धबन्दीलाई लैजाँदै गरेको देखेको थियो । केहीले आफ्नो अनुहार लुकाउन हुड लगाएका थिए । एउटा मिनिभ्यानमा राख्दा उनीहरूको हुड हटाइएको थियो ।
एएफपीले तीमध्ये केहीसँग संक्षिप्त कुरा गरेको थियो र बोल्ने सबैले उनीहरूलाई गत महिना युक्रेनको आश्चर्यजनक कुर्स्क आक्रमणमा बन्दी बनाइएको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन