
बैतडी । वर्षा र चट्याङका कारण गत बुधबारदेखि यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ ।
यहाँस्थित ३३ र ११ केभी प्रसारण लाइनको विभिन्न क्षेत्रमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध भएको हो । विद्युत् सेवा नहुँदा दैनिक कामकाजका साथै सरकारी कार्यालयको सेवा प्रवाहमा पनि समस्या भएको छ ।
विद्युत् नहुँदा समस्या भएको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटका गणेश विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिजुली नहुँदा अन्धकारमा बस्नुपरेको छ, मोबाइल चार्ज गर्नसमेत समस्या भएको छ । चार्ज नहुँदा सञ्चारविहीन हुनुपरेको छ ।’
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र प्रमुख जनार्दन पौडेलका अनुसार विद्युत् सेवा नियमित सञ्चालनका लागि लगातारको वर्षाले गर्दा समस्या भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘लाइनमा आएको समस्या केही हदसम्म समाधान भएको छ, अब मुख्य फेडरबाट लाइन चलिरहेको छैन । लगातारको वर्षाले नियमित विद्युत् सेवा सञ्चालन गर्न समस्या भएको छ ।’
यहाँ बुधबार बेलुकादेखि लगातार रूपमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म वर्षा हुने जनाउँदै बैतडीसहित सुदूरपश्चिमका छ जिल्ला रेड जोडमा राखेको छ ।
लगातार वर्षा भइरहेकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो– ‘यहाँ दुई दिनदेखि लगातार वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले बैतडीलाई रेड जोडमा राखेको छ । सबैलाई सतर्कता अपनाउन आग्रह छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन