+

पुथाले गुमायो २ जनप्रतिनिधि

रुकुमपश्चिम ।  रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले ३ जनप्रतिनिधिसहित तीन व्यक्ति गुमाएको छ ।

आज बिहान काठमाडौँबाट रुकुमपूर्व आउँदै गरेको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका–२ स्थित भुङखानीमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष ३३ वर्षीय भूपेन्द्रा बुढा, उहाँकी ६१ वर्षीया आमा गोपीमाया बुढा र त्यही गाउँपालिका–२ का ३७ वर्षीया वडाध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएको छ । गाडी चालक भूमे गाउँपालिका–३ का २९ वर्षीय प्रेमबहादुर पुन घाइते भएको प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रताप पौड्यालले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार गाडी चालकको धौलागिरि अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको छ । आज बिहान रा १ झ २०० नम्बरको गाडी सडकदेखि करिब ३ सय मिटर तल खसेको हो । दुई महिलाको शव भिरमा अड्किएको अवस्थामा फेला परेका थियो,  पुरुषको शव गाडीले च्यापिएको अवस्थामा फेला परेको हो । 

गाडी काठमाडौँबाट रुकुमपूर्व आउने क्रममा बागलुङको गलकोट–२ भुङखानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । दुर्घटनाका कारण गाउँपालिकाले नसोचको क्षति बेहोर्नुपरेको गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले बताउनुभयो । 

‘शुरुमा घटना भएको खबर मात्र थाहा भएको थियो, त्यसपश्चात् पालिका उपाध्यक्ष चढेको गाडी दुर्घटना पर्यो भन्ने खबर पायौँ सामान्य दुर्घटना होला घाइते हुनुभएको होला भन्ने लागेको थियो, केहीबेरमा मृत्युको खबर प्राप्त गर्यौं, हामी स्तब्ध भएका छौँ, पालिकालाई अतुलनीय क्षति पुगेको छ’ उहाँले भन्नुभयो । 

अहिले अध्यक्ष घर्तीसहित गाउँपालिकाको टोली घटनास्थल गएको छ । बुर्तिवाङ पुगेको र दुई÷तीन घण्टामा घटनास्थल पुगिने गाउँपालिका अध्यक्ष घर्ती जानकारी दिनुभयो । घटनास्थल पुगे पश्चात् शव रुकुमपूर्व नै ल्याइने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट