
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईको अभिव्यक्तिले माओवादी जनयुद्ध, शान्ति सम्झौता र संविधानको मर्म र भावनालाई अपमान गरेको निष्कर्ष सहित माओवादी केन्द्रले संसदको अवरोध कायमै राख्ने निर्णय गरेको हो।
सचिव भट्टराईले बोलेकै दिन माओवादीले नियमापत्ति गरेको थियो । सभामुखले छानबिन गर्न निर्देशन दिएपछि माओवादीको विरोध रोकियो । तर बुधबार सभामुखले हिंसा शब्द असंसदीय नभएको निर्णय सुनाएपछि माओवादीले संसद अवरुद्ध गर्यो ।
संसदीय दलको शुक्रबार बसेको बैठकले संसद अवरुद्ध गर्नुपर्ने निष्कर्ष निकालेको छ । ‘जनयुद्धलाई जसरी हिंसामा लगेर अपमानित गरिएको छ, त्यो अपमानका विरुद्ध अझ सशक्त ढंगले प्रस्तुत हुनुपर्छ,’ बैठकमा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भन्नुभयो ।
बैठक पछि प्रमुख सचेतक हितराज पाण्डेले भन्नुभयो, ‘सांसद भट्टराईको जनयुद्धलाइ अपमानित गरिएको छ, यसलाई नसच्याएसम्म संसदको अवरोधलाई निरन्तरता दिने निर्णय गरेका छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति