
मोरङ । कोशी प्रदेशमा फेरि मन्त्रिमण्डल विस्तार भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिमण्डल विस्तार गर्नुभएको हो ।
गएको वैशाख २७ र जेठ ४ गते गठित मन्त्रिमण्डलमा ३ मन्त्री र एक राज्यमन्त्री थपेर आज फेरि विस्तार गरिएको हो । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको छ ।
प्रदेश प्रमुख खापुङले भौतिक पूर्वाधार विकासमन्त्रीमा भूपेन्द्र राई, उद्योग, कृषि तथा सहकारीमन्त्रीमा खगेनसिंह हाङगाम र पर्यटन, वन तथा वातावरणमन्त्रीमा सदानन्द मण्डललाई शपथग्रहण गराउनुभएको हो ।
यसैगरी मुख्यमन्त्री कार्कीले भौतिक, पूर्वाधार विकास राज्यमन्त्रीमा भूमिप्रसाद राजवंशीलाई पद तथा गोपनियताको शपथग्रहण गराउनुभयो ।
शपथग्रहण समारोहमा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरु, सुरक्षा निकायका प्रमुख, विभिन्न मन्त्रालयका सचिव, राजनीतिक दलका कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति