
पाल्पा । पाल्पाको रामपुर नगरपालिकाभित्र औँसी र एकादशीका दिन पशुपक्षी बध गर्न नपाइने भएको छ ।
धार्मिक आस्था, परम्परा तथा स्वास्थ्यका लागि यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले सूचना जारी गर्दै धार्मिक सहिष्णुता र सद्भाव कायम राखी धार्मिक आस्थामा असर नपुर्याउने उद्देश्यसहित औँसी र एकादशीका दिन पशुपक्षी बध नगर्न अनुरोध गरेको छ ।
‘औँसी र एकादशीका दिनमा पशुपक्षी बध नगर्दा धार्मिक सहिष्णुता र सद्भाव पनि कायम हुने, धार्मिक आस्थामा कुनै असर नपर्ने र स्वास्थ्यको हिसाबले पनि फाइदाजनक हुने भएकाले उक्त दिनमा पशुपक्षी बध नगर्न र नगराउन यो सूचना प्रकाशन गरिएको छ’ सूचनामा भनिएको छ ।
नगर प्रमुख रमणबहादुर थापाले एकादशी र औँसीको दिन धार्मिक साँस्कृतिक परम्परा अनुसार पशुपक्षी बध गर्न नहुने भएकाले त्यही धार्मिक मान्यतालाई निरन्तरता दिनका लागि त्यो दिन बध नगर्न नगरवासीलाई आग्रह गरिएको बताउनुभयो ।
उहाँका अनुसार एकादशी र औँसीमा पशुपक्षी बध गर्दा धार्मिक आस्थामा असर पुगेको नगरवासीबाट गुनासो आएपछि नगरपालिकाले बध नगर्ने निर्णय गरेको हो । नगरपालिकाको निर्णय र सूचनालाई बेवास्ता गरी एकादशी र औँसीमा पशुपक्षी बध गरेको पाइएमा कारबाही गरिने नगरपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति