
भक्तपुर । आउँदो बुधबार येँया पुन्हिको दिन मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलबाट जिब्रो छेडेर थिमीदेखि पशुपतिनाथ मन्दिरसम्म परिक्रमा गरिने भएको छ ।
दिगुटोलस्थित दिगु भैरव मन्दिर अगाडि हजारौँ स्थानीयको उपस्थितिमा ४० किलोको ‘महादीप’ बोकेर मध्यपुरथिमीदेखि पशुपतिनाथ मन्दिरसम्म र त्यहाँबाट पुनः मध्यपुरथिमीसम्मको परिक्रमा हुन लागेको हो ।
मध्यपुरथिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमीको सांस्कृतिक महत्वको यो जात्रालाई सहज रुपमा सम्पन्न गर्न नगरवासी, सुरक्षा निकायका साथै अन्य सम्द्धव सबै पक्षलाई आव्हान गर्नुभएको छ ।
३ सय पचास वर्षअघिदेखि जिब्रो छेडेर आयोजना हुँदै आएको परम्परागत यो जात्राका निम्ति आर्थिक सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । थिमिदेखि पशुपतिसम्मका यात्रामा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री लगायत सहभागी जानकारी आफूलाई प्राप्त भएको नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।
जात्राका मुख्य व्यक्ति ७१ वर्षीय नायपमा श्यामकाजी श्रेष्ठले जात्रामा १० इन्च लामो सुइरोले जिब्रो छेडेर तीन वटा सियालाई घुमाएर राख्दा पनि रगत नआउने दैवीशक्ति रहेकोे बताउनुभयो ।
गतवर्ष जिब्रो छेडेर पशुपतिनाथसम्मको यात्रा गर्नु भएका मध्यपुरथिमि नगरपालिका–५ चोडेटोल निवासी बालकराम नानीचा श्रेष्ठले दैवी शक्तिको बलमा त्यो पूरा गरेको जानकारी दिँदै तान्त्रिक शक्तिप्रति बेवास्ता गर्ननहुनेमा जोड दिनुभयो ।
यसअघि २०७५ सालमा जिब्रो छेडेर थिमी घुमेको बालकरामले गतवर्ष जिब्रो छेडेर महाद्धिप बोकेर मध्यपरथिमीदेखि पशुपतिसम्म र पशुपतिबाट मध्यपुरथिमिको बालकुमारीसम्म आएर सियो झिकेर जात्रा सम्पन्न गर्नु भएको थियो ।
येया पुनिहया मेंयः तवनेगु जात्रा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रभक्त श्रेष्ठले १७ किलो मिटरको यात्रा मध्यपुरथिमीबाट गुह्येश्वरी हुँदै पशुपतिनाथको दर्शनपछि पुनः मध्यपुरथिमीको बालकुमारी आएर सुइरो निकालेपछि जात्रा समापन हुने बताउनुभयो । जात्रामा लाख रुपैयाँ खर्च हुने उहाँको अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति