
बागलुङ । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको जीप दुर्घटनामा निधन भएको छ ।
गाउँपालिका उपाध्यक्ष ३३ वर्षीया बुढाको बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा आज बिहान भएको जीप दुर्घटनामा निधन भएको छ । दुर्घटनामा ३३ वर्षीया बुढासँगै उहाँकी आमा ६१ वर्षीया गोपीमाया बुढा तथा अर्का एक पुरुषको समेत मृत्यु भएको बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभएको छ ।
बुढा २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादीकेन्द्रबाट उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । बुढा ४ हजार ५९ मत ल्याएर उपाध्यक्ष बन्नुभएको थियो । उहाँका निकटतम् प्रतिद्वान्दी नेपाली कांग्रेसकी कमलाकुमारी मल्लले २ हजार १० मत प्राप्त गर्नुभएको थियो ।
प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार रा १ झ २०० नम्बर को सरकारी जीप शुक्रबार बिहान गलकोट–२ भुङ्खानीमा सडकबाट करिब ३ सय मिटर तल खसेको हो । तीनै जनाको घट्नास्थलमै ज्यान गएको उहाँले बताउनुभयो । घटनास्थलबाट एक घाइतेलाई उद्धार गरी उपचारका लागि धौलागिरी अस्पताल पठाइएको छ ।
रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी जीवनकुमार खड्काका अनुसार जीपमा पुथाउत्तरगङ्गा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार थिए । उपाध्यक्ष बुढा केही दिनअघि आमालाई लिएर काठमाडौँतर्फ जान लाग्नुभएको जानकारी पाएको उहाँले बताउनुभयो ।
दुर्घटनास्थलमा परिचयपत्र फेला परेपछि मात्र दुर्घटनामा उपाध्यक्ष बुढा परेको खुलेको हो । बिहानै जीप दुर्घटनामा परे पनि स्थानीयले घाँस काट्न जाने बेला देखेपछि उनीहरुले स्थानीय प्रहरीलाई खबर गरेका थिए । जीपमा कति जना सवार थिए ? भन्ने एकीन नभएको सहायक प्रजिअ खड्काले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति