
पर्सा । वीरगञ्जलाई कार्यक्षेत्र बनाएर चार दशकदेखि पत्रकारिता गर्दै आउनुभएका वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन भएको छ । मस्तिष्कघातका कारणले बिरामी पर्नुभएका पाण्डेको ६६ वर्षको उमेरमा निधन भएको हो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव दीपेन्द्र चौहानले मस्तिष्कघातका कारणले बिरामी हुनुभएका वरिष्ठ पत्रकार पाण्डेको शिक्षण अस्पताल महाराजगञ्जमा बिहीबार अपराह्न उपचारका क्रममा निधन भएको जानकारी दिनुभयो ।
‘वरिष्ठ पत्रकार पाण्डे हाम्रो अभिभावक हुनुहुन्थ्यो । उहाँका परिवारका सदस्यका अनुसार उहाँ मस्तिष्कघातका कारणले शिक्षण अस्पताल महाराजगञ्जमा उपचारार्थ हुनुहुन्थ्यो । उहाँको निधनले पत्रकारिता जगत्ले एउटा हस्ती नै गुमाउन पुगेका छौँ’ उहाँले भन्नुभयो– ‘उहाँको निधनले पत्रकारिता क्षेत्रलाई अपुरणीय क्षति भएको छ ।’
नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका पूर्वअध्यक्ष शत्रुघन नेपालले वरिष्ठ पत्रकार पाण्डे भदौ १३ गते बाराको डुमारानास्थित घरमा बिरामी भएर थप उपचारका लागि काठमाडौँ जानुभएको बताउनुभयो ।
‘भदौ १३ गते बाराको डुमारानामा बिरामी हुनुभयो । उहाँलाई उपचार गर्नका लागि एम्बुलेन्समा राखेर नारायणी अस्पतालमा ल्याउँदासम्म होसमा हुनुहुन्थ्यो । त्यो बेलासम्म कुरा गर्न सक्ने अवस्थामा हुनुहुन्थ्यो’ उहाँले भन्नुभयो, ‘नारायणी अस्पतालले थप उपचारका लागि भनेर त्यही दिन नै काठमाडौँमा रेफर गरेको थियो ।’
पूर्वअध्यक्ष नेपालका अनुसार वरिष्ठ पत्रकार पाण्डेलाई भदौ १४ गते शिक्षण अस्पताल महाराजगञ्जको आइसीयूमा राखिए पनि भदौ १५ गते भने उहाँलाई थप उपचारका लागि भेन्टिलेटरमा राखिएको थियो । पुख्र्यौली घर धादिङ भए पनि उहाँले पर्सालाई कर्मभूमि बनाएर पत्रकारिता गर्दै आइरहनुभएको थियो । पाण्डे यसअघि नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको पूर्वसचिवसमेत हुनुहुन्थ्यो । पूर्वअध्यक्ष नेपालले वरिष्ठ पत्रकार पाण्डेको निधनले एक कुशल अभिभावक गुमाउनुपरेको प्रतिक्रिया दिनुभयो ।
‘वरिष्ठ पत्रकार पाण्डेले सञ्चालन गर्नुभएको उत्थान साप्ताहिक पत्रिकामा २०४१ सालमा मैले सहसम्पादकका रूपमा काम गरेको थिएँ । उहाँले हामीजस्ता धेरैजनालाई पत्रकारिता पनि सिकाउनुभयो’ उहाँले विगतलाई स्मरण गर्दै भन्नुभयो– ‘उहाँको निधनले एउटा सच्चा अभिभावक गुमाएको महशुस गरेको छु ।’ स्वर्गीय पत्रकार पाण्डेका एक छोरा र एक छोरी हुनुहन्छ । उहाँकी श्रीमती र एक छोराको यसअघि नै निधन भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन