+

काठमाडौँ महानगरमा ९५ प्रतिशत साक्षर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ ।

कूल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या ८ लाख ६२ हजार ४ सय रहेको बताएको छ ।

आव २०८० / ८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछानेले जानकारी दिनुभयो । गत आवमा २४ अर्ब १९ करोड ८४ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएकामा १२ अर्ब ३४ करोड ५२ लाख ९४ हजार मात्र खर्च भएको छ । 

काठमाडौँका स्थानीय तह, प्रदेश तथा स¬ङ्घीय कार्यालयबाट आव २०८० / ८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनामा १अर्ब ५६ करोड ५७ लाख रुपैयाँ खर्च भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट