
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले पहिलो राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौँमा आयोजना गर्ने भएको छ ।
रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा आज आयोजित पत्रकार सम्मेलनमार्फत भेलाका लागि १५ दिनदेखि तयारी गरिएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको छ ।
कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सञ्चालन गरिने दुईदिने भेलामा देशभरबाट १ हजार ५ सय प्रतिनिधिले सहभागिता जनाउने उहाँले बताउनुभयो ।
‘तयारी शुरु गरेको १५ दिन भयो । केन्द्रीय समितिदेखि पालिकाका प्रतिनिधिसम्म भेलामा अटाउने कोसिस गरेका छौँ’ कार्यवाहक महामन्त्री बुर्लाकोटीले भन्नुभयो ।
उहाँका अनुसार देशभर चार सय पालिका र दुई हजार वडामा रास्वपाको पार्टी संरचना छ । वडाबाट प्रतिनिधि ल्याउने सम्भावना नभएकाले पालिकाबाट प्रतिनिधि छनोटगरी ल्याउने व्यवस्था गरेको महामन्त्री बुर्लाकाटीले जानकारी दिनुभयो ।
‘निर्वाचन क्षेत्र समिति, जिल्लाको संयोजक उपसंयोजक, प्रदेशको समिति, विभाग, आयोग र अन्य संयन्त्रसँगै केन्द्रीय समिति, विभाग र संरचना सहभागी हुने व्यवस्था गरेका छौँ’, उहाँले भन्नुभयो– ‘चाडपर्वको नजिकै भएका कारण एक हजार पाँच सय जना उपस्थित हुनेगरी तयारी गरेका छौँ ।’
यस भेलाका लागि पार्टीले १५ वटा उपसमिति गठन गरेर तयारी गरिरहेको छ । भेलामा राजनीतिक र साङ्गठनिक प्रतिवेदन प्रस्तुत हुने जनाइएको छ । पार्टी सभापति रवि लामिछानेबाट राजनीतिक प्रतिवेदन प्रस्तुत हुने कार्यवाहक महामन्त्री बुर्लाकोटीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति