
काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङ दक्षिणपश्चिमी रूसी शहर कजानमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुनु हने भएको छ ।
राष्ट्रपति सी अर्को महिना रुसमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने चिनियाँ विदेशमन्त्रीले बिहीबार जानकारी गराउनुभएको छ । उदीयमान अर्थतन्त्रको शिखर सम्मेलन अक्टोबर २२ देखि २४ सम्म कजानमा आयोजना हुनेछ । सम्मेलनमा क्रेमलिनले आफ्नो प्रभाव विस्तार गर्ने र विशेषगरी बेइजिङसँग नजिकको आर्थिक गठबन्धन बनाउने अवसर पाउने अपेक्षा गरेको छ ।
‘राष्ट्रपति सी तपाईंको निमन्त्रणा स्वीकार्दै निर्धारित कार्यक्रमअनुसार कजान पुग्न पाउँदा निकै खुशी हुनुहुन्छ’ सेन्ट पिटर्सबर्गमा भएको भेटमा विदेशमन्त्री वाङ यीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भन्नुभयो– ‘सम्मेलनका क्रममा दुई देशका राष्ट्रप्रमुखबीच थप रणनीतिक छलफल हुनेछ ।’ उहाँले पुटिन र सीबीच ‘बलियो पारस्परिक विश्वास र गहिरो मित्रता’ रहेको पनि बताउनुभयो ।
स्थापनाकालमा ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिकाको संक्षिप्त नामबाट नामकरण गरिएको ब्रिक्स समूहले विश्वको लगभग आधा जनसङ्ख्याको प्रतिनिधित्व गर्दछ भने संयुक्त अरब इमिरेट्स र इरानसहित अन्य प्रमुख उदीयमान अर्थव्यवस्थालाई समावेश गरी यसलाई विस्तारित गरिएको छ ।
सन् २०२२ मा रूसले युक्रेनमाथि गरेको आक्रमणपछि पुटिनले सहयोगका लागि चीनलाई हेरिरहनुभएको छ र मस्कोले पश्चिमा मुलुकबाट ठूलो आर्थिक प्रतिबन्धको सामना गरिरहेका बेला मित्र राष्ट्रले व्यापारलाई उच्च स्तरमा पुर्याएका छन् ।
गत महिना पुटिनले चिनियाँ प्रधानमन्त्री ली कियाङलाई क्रेमलिनमा स्वागत गर्दै चीनसँग रुसको आर्थिक र व्यापारिक सम्बन्धले ‘परिणाम दिने’ बताउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा