
काठमाडौँ । सत्ता र प्रमुख प्रतिपक्षले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जन्मदिनको अवसर पारेर संवैधानिक निकायसहित रिक्त विभिन्न पदमा भागबण्डा गरेका छन् ।
सत्ताधारी र प्रमुख प्रतिपक्षका शीर्ष नेताहरुको कांग्रेसका सभापति देउवाको जन्मदिनको अवसरमा बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा केकको टुक्रासँगै संवैधानिक निकायको भागबण्डा गरेका हुन् ।
कांग्रेसका सभापति देउवालाई जन्मदिनको शुभकामना दिने उदेश्यसहित प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुभएको थियो ।
बालुवाटार स्रोतका अनुसार छलफलमा माओवादी अध्यक्ष दाहालले संवैधानिक निकायहरू लामो समय रिक्त राख्दा राम्रो सन्देश नजाने भन्दै प्रधानमन्त्री ओलीलाई सम्भव भएसम्म शुक्रबार बस्ने संवैधानिक परिषद्को बैठकमार्फत पूर्णता दिनुपर्ने धारणा राख्नु भएको थियो । माओवादी अध्यक्ष दाहालले यस्तो भनाई राखे लगत्तै प्रधानमन्त्री ओलीले रिक्त संवैधानिक निकायमा पदपूर्तिको लागि सरकारले गरिरहेको तयारी सुनाउनु भएको थियो । संवैधानिक निकायमा माओवादीले पनि भाग बिलो पाउने भएपछि अध्यक्ष दाहालले ‘तपाईहरु दुवै जनाले ल्याएको प्रस्तावलाई मैले स्वीकार नगर्ने भन्ने हुँदैन, मिलाएर भोलि शुक्रबारभित्रै गर्नु होला’ भन्दै आफ्नो भनाई राखेको स्रोतको भनाई छ । संवैधानिक निकाय परिपूर्तिमा सरकारले गरेको तयारीमा समर्थन जनाउँदै माओवादी अध्यक्ष दाहालले कांग्रेसका सभापति देउवालाई केकको खुवाउनुभयो । प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालले देउवालाई केक खुवाएर खादा लगाइदिएपछि बैठक ‘हेप्पीबर्डडे टू यू’मा परिणत भएको थियो । ओली र दाहालले हेप्पीबर्डडे टू यू भनेपछि देउवाले उहाँहरुलाई पनि केकको टुक्रा खुवाउनुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बिहीबार बसेको प्रमुख ३ दलका शीर्ष नेताहरुको बैठकमा यसरी केकको टुक्रासँगै संवैधानिक निकायको भागबण्डा गरिएको हो । बिहीबार बसेको प्रमुख ३ दलका शीर्ष नेताहरुको बैठकमा यसरी केकको टुक्रासँगै संवैधानिक निकायको भागबण्डा गरिएको हो । संवैधानिक निकाय रिक्त पदमा कहाँ कसलाई नियुक्ति गर्ने ? निर्णय भएको छ , त्यो भने अहिले सार्वजनिक भइसकेको छैन । प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालले बैठकमा निलेको केकसँगै नियुक्ति तयारीलाई पनि आ आफ्नो पेटमा गोप्य राख्नुभएको छ ।
यसअघि बुधबार साँझका लागि तय गरिएको संवैधानिक परिषद्को बैठक स्थगित गरिएको थियो । प्रधानमन्त्री ओलीले आज यसरी केकको टुक्रासँगै संवैधानिक निकायमा भागबण्डा गराउने योजना अनुसार बुधबार साँझको बैठक स्थगित गर्न लगाउनुभएको स्रोतको भनाई छ ।
बैठक लगत्तै प्रधानमन्त्री ओलीले आफ्नो फेसबुक पेजमा पूर्वप्रधानमन्त्री देउवालाई खादा लगाइदिएको तस्बिर पोष्ट गर्दै लेख्नुभएको छ– आज पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ। प्रमुख तीन दलका नेताहरुसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो। आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी !!
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन