
विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आमरण अनशन तोड्नुभएको छ । प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले अनशनस्थलमा पुगेर मागहरू पूरा गर्ने प्रतिबद्दता जारी गरेपछि उहाँले अनशन तोडनुभएको हो ।
‘जनजीविकासँग प्रत्यक्ष सरोकार रहेका जायज मागहरूमा प्रदेश सरकारले सहमति जनाउँदै उपरोक्त सम्पूर्ण मागहरू मध्ये कतिपय माग कोशी प्रदेश सरकारको ०८१–०८२ को बजेटमा रकम विनियोजन भई कार्यान्वयनका क्रममा रहेकोमा सो विषयहरू तत्काल कार्यान्वयन गर्ने, स्वास्थ्य जस्ता गम्भीर केही विषयहरू समेतका सन्दर्भमा अनशनरत पूर्व मुख्यमन्त्री ज्यूसँग छलफल, समन्वय गरी सहमतिका आधारमा तत्काल कार्यान्वयन गर्ने,’ लिखित सहमतिमा उल्लेख छ ।
उक्त सहमतिपत्रमा मन्त्री अधिकारी र अनशनरत कार्कीले हस्ताक्षर गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’