
ललितपुर । ललितपुर महानगरपालिका–२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुनःनिर्माणको काम अझै सकिएको छैन ।
विसं २०७२ को गोर्खा भूकम्पले क्षति पुर्याएको मन्दिर पुनः निर्माणको काम शुरु भएको चार वर्ष भइसक्दा पनि बजेट अभावले काम अझै नसकिएको जनाइएको छ ।
ललितपुर महानगरपालिकाको सहयोगमा विसं २०७८ देखि रुद्रायाणीदेवी पुनःनिर्माण उपभोक्ता समितिले काम शुरु गरेको थियो । समितिका अध्यक्ष अध्यक्ष बेखनर महर्जनले महानगरबाट एकमुस्ट बजेट नआउँदा काम समयमै सम्पन्न नभएको बताउनुभयो । उहाँले महानगरपालिकाले हरेक वर्ष बजेट छुट्याउने गरेका सोअनुसार काम भएको जानकारी दिनुभयो ।
भूकम्पले क्षति गरेका ललितपुरका अन्य मन्दिर पुनःनिर्माण भए पनि यस मन्दिरको पुनःनिर्माण ढिलाइ भएको रुद्रायणीदेवी गुठीका अध्यक्ष उदयकुमार डुङ्गोको भनाइ छ । ‘बजेट अभावले मन्दिर पुनःनिर्माण ढिला भएको हो तर महानगरको वार्षिक बजेटअनुसार काम भने भएको छ । हालसम्म ४ करोड भन्दाबढी खर्च भइसक्यो । अहिलेकै अवस्थामा मन्दिर पुनः निर्माणको काम सम्पन्न हुन अझै दुई वर्ष लाग्ने देखिन्छ’ उहाँले भन्नुभयो ।
सोही गुठीका सदस्य हेराबहादुर डङ्गोलले समयमै मन्दिर निर्माण नहुँदा यहाँ रहेका मूर्तिलाई अस्थायी मन्दिरमा राखेको र छिटो काम सकेर रुद्रायायणीदेवी जात्रा र पूजाआजको लागि सहज अवस्था बनाउन आग्रह गर्नुभयो ।
रुद्रायणी मन्दिरको पुनःनिर्माणको लागि २०७८ भदौ २३ गते पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शिलान्यास गर्नुभएको थियो । करिब ८ करोड रुपैयाँमा पुनःनिर्माणको जिम्मा लिएको उपभोक्ता समितिले काममा ढिलाइ हुँदा लागत बढेर १० करोड रुपैयाँ भन्दाबढी खर्च हुन सक्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति