
काठमाडौँ । इरानका नव निर्वाचत राष्ट्रपति मसूद पेजेस्कियन पदभार सम्हालेपछि पहिलो विदेश भ्रमणका क्रममा बुधबार छिमेकी राष्ट्र इराक पग्नुभएको छ ।
इराकी प्रधानमन्त्री मोहम्मद सिया अल–सुदानीले इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति मसूद पेजेस्कियनलाई स्वागत गरेको प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।
आफ्नो सम्बोधनमा पेजेस्कियनले इरानको अन्तर्राष्ट्रिय सम्बन्धलाई सहज बनाई अर्थतन्त्रमा अमेरिकी नेतृत्वको प्रतिबन्ध कम गर्न छिमेकी देशहरूसँगको सम्बन्धलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
युक्रेनविरुद्ध प्रयोजनका लागि रूसलाई छोटो दूरीको क्षेप्यास्त्र आपूर्ति गरेकोमा पश्चिमी राष्ट्रले मङ्लबार इरानमाथि नयाँ प्रतिबन्धको घोषणा गरेपछि उहाँको भ्रमण हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कानानीले बेलायत, फ्रान्स र जर्मनीलाई ‘शत्रुतापूर्ण’ कदमका लागि उचित कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिनु भएको छ ।
गाजा युद्धले मध्यपूर्वमा उत्पन्न उथलपुथलबीच भएको भ्रमणले यस क्षेत्र वरपर इरान समर्थित सशस्त्र समूहहरूलाई आकर्षित गरी वासिङ्टनसँग बग्दादको सम्बन्धलाई जटिल बनाएको छ ।
सन् २००३ मा अमेरिकी नेतृत्वको आक्रमणले इराकी तानाशाह सद्दाम हुसेनको सुन्नी प्रभुत्व भएको शासनलाई अपदस्थ गरेपछि इरान र इराक, दुवै शिया बहुल राष्ट्रबीचको सम्बन्ध नजिक पुगेको छ ।
पेजेस्कियनले इरान छोड्नुअघि ‘इराक आफ्नो मित्र मुस्लिम देशमध्ये एक भएका’ले पहिलो यात्राका रूपमा यस देशमा जान लागेको उल्लेख गर्नु भएको इरानी राष्ट्रिय टेलिभिजन जनाएको छ ।
विशेष गरी तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा संयुक्त राज्य अमेरिकाले सन् २०१८ मा इस्लामिक गणतन्त्र र प्रमुख शक्ति बिचको ऐतिहासिक आणविक सम्झौताबाट भएको बहिर्गमनपछि इरानले वर्षौंसम्म पश्चिमी प्रतिबन्धको सामना गर्नुपरेको छ ।
लाखौं इरानी तीर्थयात्री इराकको शिया पवित्र सहर नजफ र कर्बालाको यात्रा गर्छन् । राष्ट्रपति पेजेस्कियनले पनि आफ्नो भ्रमणको क्रममा उक्त तीर्थस्थलको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।
पेजेस्कियन कुर्दिश अधिकारीहरूसँग वार्ताका लागि कुर्दिश क्षेत्रीय राजधानी अरबिल पनि जाने योजना रहेको इरानको आधिकारिक इरना समाचार एजेन्सीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति