
काठमाडौँ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार युरोपेली सङ्घ (ईयू) को चिनियाँ विद्युतीय सवारीमाथि ३६ प्रतिशतसम्म आयात शुल्क लगाउने योजनामा पुनर्विचार गर्न आवश्यक रहेको बताउँदै दुई आर्थिक शक्तिबीच सम्झौता गर्न आह्वान गर्नुभएको छ ।
युरोपेली आयोगले गत महिना चीनबाट आयात हुने विद्युतीय सवारी साधनमा ५ वर्षका लागि ३६ प्रतिशतसम्म आयात शुल्क लगाउने घोषणा गरेको थियो । त्यसलगत्तै बेइजिङले चीनमा आयात गरिएका केही दुग्ध उत्पादनहरूमा ईयुको अनुदानबारे अनुसन्धान शुरु गर्ने बताएको थियो ।
सान्चेजले शुल्कको बारेमा सोधिएको प्रश्नमा सञ्चारकर्मीसँग भन्नुभयो– ‘आयात शुल्कसम्बन्धी विषयमा पक्ष राष्ट्र मात्र नभई हामी सबैलाई पुनर्विचार गर्न आवश्यक छ भन्ने मलाई लाग्छ।’
हामीले युरोपेली सङ्घ र चीनबीच सम्झौताको माध्यम निर्माण गर्न आवश्यक छ। हामी रचनात्मक ढङ्गबाट चीन र युरोपेली आयोगबीच सम्झौता गरेर समाधान खोज्ने प्रयास गर्नेछौँ ।’ सान्चेजले चीन भ्रमणमा राष्ट्रपति सी जिनपिङ लगायत शीर्ष अधिकारीसँग भेटवार्ता गर्नुभएको हो र विश्वको दोस्रो ठूलो अर्थतन्त्रसँग ‘संवाद र सहयोग’ को आह्वान गर्नुभएको छ ।
युरोपेली सङ्घ र चीनबीच बढ्दो व्यापारीक तनावबीच सान्चेजले चीनको भ्रमण गर्नुभएको हो । सान्चेजले सोमबार म्याड्रिड र बेइजिङलाई ‘निष्पक्ष व्यापार व्यवस्था’ का लागि आह्वान गर्नुभएको छ । ‘हामीले वार्ताको माध्यमबाट दुई पक्षाबीचको मतभेद समाधान गर्दै मिलेर अघि बढ्नुपर्छ’ उहाँले सीसँगको भेटेपछि सामाजिक सञ्जालमा लेख्नुभएको छ । चीन र युरोपेली सङ्घबीच हालैका वर्षमा व्यापार, प्रविधि र राष्ट्रिय सुरक्षासम्बन्धी विभिन्न मुद्दामा मतभेद चलिरहेको छ ।
चिनियाँ विद्युतीय सवारी साधनमा अनुदान दिनु युरोपको विशाल सवारी साधन निर्माण उद्योगका लागि खतरा रहेको भन्दै ब्रसेल्सले सौर्य प्यानल, विन्ड टर्बाइन र रेलहरूका लागि चिनियाँ अनुदानबारे छानविन शुरु गरेको थियो । युरोपेली आयोगका एक अधिकारीले ईयू चीनसँगको व्यापारीक विवाद समाधान गर्न तयार रहेको र वार्ताका लागि अन्य आवश्यक पहल चीनमा निर्भर गर्ने बताउनुभयो ।
बेइजिङले ईयूको अतिरिक्त शुल्क योजनाविरूद्ध विश्व व्यापार सङ्गठनमा अपिल गरेको छ । त्यसैगरी ब्रसेल्सले शुल्क विश्व व्यापार सङ्गठनको नियम अनुरूप छन् भन्ने विश्वास व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय